आज मिति २०८० साल फागुन २२ गते, मंगलबार, यस्तो छ तपाईको राशिफल

२०८० फागुन २२ गते | मंगलवार ५ मार्च २०२४। फाल्गुण कृष्णपक्ष दशमी तिथि। मूल नक्षत्र, ११ः२४ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

मेष : दिन राम्रो छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृष : दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सम्मान गर्न नजान्दा सामाजिक क्षेत्रको आलोचना सहनुपर्ने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। लगानीको क्षेत्रबाट आम्दानी हुनेछ। अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। गणेशको पूजा गर्दा फाइदा हुनेछ। पुरानो रोगले सताउने जोखिम देखिन्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवनमा साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। लगानीको क्षेत्रबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा टकराब देखिए मौन रहनु फाइदा हुनेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आलश्य त्याग्नु राम्रो हुन्छ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। बन्धु सकारात्मक छन्। आफूले आफूलाई नचिन्दा समाजमा अपमान सहनुपर्ने हुनसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु : दिन राम्रो छ। आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : समय सामान्य छ। मेहनतको फल नमिल्न सक्छ। मानिसलाई खुशी बनाउन नसक्ने दिन छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। आर्थिक लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहने छ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। अनावश्यक खर्च बढ्नेछ। परिवारमा खटपटी हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार