‘केटी हराएको सूचना’मा नाजिर र श्रृष्टिको जोडी

चलचित्र ‘केटी हराएको सूचना’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । नाजिरसँगै अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छिन् ।

सृष्टि र नाजिरको पहिलो पटक अनस्क्रिन जोडी देखिने भएको हो । आज स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको चलचित्रलाई दीपेन्द्र गौचनले निर्देशन गर्नेछन् । चलचित्रमा लेखन पनि उनकै रहनेछ ।

गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । चलचित्रमा नकिम उद्दिमको लगानी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार