सौगात मल्ल स्टारर ‘अगस्त्य’ लाई देशभरिका हलले दिए उच्च शो

आउँदो शुक्रबारबाट सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘अगस्त्यः च्याप्टर १’ रिलिज हुँदैछ । रिलिजको तरखरमा रहेको यस फिल्मले नेपाली हलहरुमा उत्साहजनक शो पाएको छ ।

फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित यस फिल्मले देशैभरिका १ सय ११ हलबाट २ सय ५९ शो पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो र उपत्यकाबाहिर २९ शो दिएको छ । त्यसैगरि, वान सिनेमाजले ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् ।

फिल्मका लागि कलाकार सौगातसहित नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए ।

फिल्ममा सौगात र नाजिरसहित मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन र निर्देशक चौधरी स्वयंको लेखन रहेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार