चलचित्र ‘मेयर’मा अर्पण अनुबन्ध

सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित चलचित्र ‘मेयर’मा अभिनेता अपर्ण थापा अनुबन्ध भएका छन् । निर्माण पक्षले अर्पणलाई सिनेमामा अनुबन्ध गराएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

चलचित्रको मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने यसअघि नै अनुबन्ध भइसकेका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् । चलचित्रको नायिका भने फाइनल हुन बाँकी नै रहेको निर्देशक खनालले बताए ।

थापाको राजनीनिक यात्राका बारेमा सिनेमा बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् । चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार