ललितपुरको बाफलमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा सन्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनीहरुका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएको एसपी सुवेदीले जानकारी दिए । घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ ।

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार