सकियो ‘डिग्री माइला’को छायांकन

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’को छायांकन सकिएको छ । छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन असोज १ गतेदेखि सुरु गरिएको थियो ।

दोस्रो चरणको छायांकन काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ ।

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार