रहेनन् गायक तथा संगीतकार योगेश वैद्य

गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ। उनको ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन्। उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन्। नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन्।

बनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए। उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए।

उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार