भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा राइइले उपाधि जितेका हुन् ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । जितसँगै उनले २० लाख नगद पुरस्कार पाएका छन् ।

टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार