रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ हुँदै 

र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ हुने भएको छ । युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा ‘र्‍याप व्याटल नेपाल’ हुने भएको हो ।

आयोजकले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा युजिसा इन्टरनेसलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु गर्ने जानकारी दिए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ ।

शोमा नेपालीसँगै बलिउडका संगीतकर्मी पनि निर्णायक हुने उनले जानकारी दिए ।

अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार