‘रङ्गेली’को पोस्टरमा दयाहाङ र अर्पण आमनेसामने

कलाकार दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै चलचित्र  ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटा  पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमनेसामने बनाइएको छ । अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । 

फागुन २५ गते महाशिवरात्रिको दिन चलचित्र रिलिज हुँदै छ । अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रका लेखक पनि उनै हुन् । 

‘रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार प्रमुख भूमिकामा छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार