शाहरूखको डंकी अहिलेसम्म कमायो ४०० करोड

मुम्बई। हालै रिलिज भएको शाहरुख खानको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र हलमा रिलिज भएको १२ दिन बितिसकेको छ । शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी अभिनीत यो फिल्मले दोस्रो सप्ताहन्तमा पनि उत्कृष्ट कमाई गरिरहेको छ। रेड चिलीज इन्टरटेनमेन्टका अनुसार अहिलेसम्म डंकीले ४०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । डंकीले १३औँ दिनमा पुग्दा विश्वव्यापी रुपमा ४००.४० करोड कमाएको छ ।

सोमबार यो फिल्मले भारतीय बक्स अफिसमा मात्रै ९.२५ करोड कमाएको छ । योसँगै शाहरुख खानको फिल्मले भारतमा १९६.९७ करोड कमाइ गरिसकेको छ । उता, फिल्मले विश्वभर ४ सय करोड भारु पार गरिसकेको छ । राजकुमार हिरानीको फिल्म डिंकीले अहिलेसम्म ग्लोबल बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । शाहरुख खानको फिल्म डंकी गत २१ डिसेम्बरमा थिएटरमा रिलिज भएको छ ।

गत वर्ष हलमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । शाहरुख खानको २०२३ मा रिलिज भएका तीन फिल्म मध्ये डंकी सबैभन्दा कम कमाउने फिल्म हो। जबकी जवान र पठान किंग खानको करियरको ब्लकबस्टर फिल्म हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार