सौगातको मुख्य भूमिका रहेको ‘अगस्त्य : च्याप्टर १’ फागुन १८ गतेबाट रिलिज हुने

फिल्म ‘द अन ब्रेकेबल अगस्त्य : च्याप्टर १’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी फागुन १८ गते रिलिज हुने पक्का भएको हो ।

फस्टलुक पोस्टरमा मुख्य कलाकार सौगात मल्लका दुईवटा गेटअप लुक सार्वजिक गरिएको छ। सौगात मल्ललाई सौर्यको पात्रको रुपमा चिनाइएको छ ।

पहिलो पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन् । त्यसैगरि, दोस्रो पोस्टरमा उनी रेलवेको छेउमा सडकछाप रुपमा पात्रको रुपमा देख्न सकिन्छ । सौगातका यी दुई लुकले दर्शकहरुमा कौतुहलता थपेको छ ।

यस फिल्ममा सौगातको साथै नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतको अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार फिल्ममा संजय लामाको छायांकन छ ।

प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी रहेको फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार