एसियाडमा आज डेब्यु गर्दै राष्ट्रिय महिला फुटबल टोली, भियतनामसँग भिड्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामसँग खेल्दै एसियन गेम्समा डेब्यु गर्दै छ ।

चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा हुने खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपाल र भियतनाम तेस्रोपटक आमनेसामने हुन लागेका हुन् ।

यसअघि ओलम्पिक छनोटमा यी टोली पहिलोपटक भेट भएका थिए । दुवै भेटमा नेपाल हारेको थियो । पहिलो खेलमा ५–१ को फराकिलो हार बेहोरेको नेपाली टोली दोस्रो खेलमा २–० ले पराजित भयो ।

समूह चरणमा नेपाल, भियतनाम र जापानसँगै बंगलादेश रहेको कठिन समूहमा छ ।

समूह चरणको दोस्रो खेलमा नेपाल जापानसँग सोमबार खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा ११ गते बिहीबार बंगलादेशसँग भिड्नेछ ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार