७ गोल भएको खेलमा वायर्नले युनाइटेडलाई हरायो

युरोपियन च्याम्पियन्स लिग २०२३/२४ अन्तर्गत समूह ए को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । ७ गोल भएको खेलमा वायर्नले युनाइटेडलाई ४-३ ले हरायो ।

घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा लरेय सानेले २८औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा सर्ज जीनाब्रीले गोल गर्दै पहिलो हाफमा वायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा पाँच गोल भयो । ४९औं मिनेटमा युनाइटेडका आर होलमन्डले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, ५४औं मिनेटमा इंग्लिस फरवार्ड केनले पेनाल्टीमा गोल गरेपछि वायर्नले ३-१ को अग्रता बनायो । युनाइटेडका लागि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपनि इन्जुर टाइममा दुवै टिमले गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा माथिस तेलले गोल गर्दै वायर्नलाई ४-२ को अग्रता दिलाए । इन्जुरी टाइमको पाँचौ मिनेटमा कासेमिरोले व्यक्तिगत दोस्रो गोल गरे तर युनाइटेडको हार टार्न पर्याप्त भएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार