स्पेनिस ला-लिगामा रियलको लगातार जित

स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले लगातार आफ्नो जित यात्रा जारी राखेको छ । लगातार पाँचौं खेलमा जित निकाल्ने क्रममा रियलले रियल सोसिडाडलाई २-१ ले पराजित गर्‍यो ।

आइतबार राति भएको खेलमा रियल सोसिडाडले सुरुवातमा नै अग्रता लिएको थियो । पाँचौं मिनेटमा नै बरेनएटक्साले गोल गरेका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको रियलले दोस्रो हाफमा पुनरागमन गरेको थियो । ४६ औं मिनेटमा रियलले फेडरिको भलभर्डेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

रियललाई तीन अंकका लागि भने जोसेलुले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । दुबै गोलका लागि गार्सिया टोरेसले असिस्ट गरेका थिए ।

जितपछि रियल म्याड्रिड ५ खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २ अंकले पछि रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार