रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान

रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले ज्यान गुमाएका छन् । भोजपुरको पौवादुम्मा गाउँपालिका निवासी ३६ वर्षीय युवा प्रितम राई ‘निरन’ले युक्रेनविरुद्धको युद्धका क्रममा गत बिहीबार ज्यान गुमाएका हुन् ।

रसियन सेनाको तर्फबाट युक्रेनविरुद्ध युद्धका क्रममा प्रितमले गत बिहीबार ज्यान गुमाएको पुष्टि उनका दाजुसमेत रहेका पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले गरेका छन् ।

‘सबै नातागोता, साथीभाइ, छरछिमेकी र शुभचिन्तकहरूले सोधिरहनु भएको छ भाइ कहाँ थियो ?,के भएको भनेर’, उनले भनेका छन्, ‘राम्रोसँग जवाफ दिन पनि सकिरहेको छैन । युद्धका क्रममा भाइको निधन जानकारी हामीकहाँ आइपुगगेको छ ।’

युक्रेन युद्धमा मारिएका प्रितम पौवादुम्मा गाउँपालिका अध्यक्ष एवम् एमाले भोजपुरका उपाध्यक्ष किरण राईका माइला भाइ थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार