शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु बदनाम हुनु हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् । सिंहदरबारमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले सो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’

लामिछानेले समय अभाव देखाएर आज पनि संसद बैठक स्थगित भएको भन्दै आक्रोश समेत व्यक्ति गरे । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अन्तिम समयमा सरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार