फरहान अख्तरकाे ‘जी ले जरा’ अलपत्र

मुम्बई । अभिनेत्री प्रियंका चोपडा जोनस, आलिया भट्ट र कटरीना कैफको फिल्म ‘जी ले जरा’ अहिले अलपत्र परेको छ ।

यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ । यसको कारण हुन्, आमिर खान ।

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिश स्पोर्टस ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।

आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे । तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे । फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए । यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार