लाओसले भुटानलाई हरायो

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगको दुई गोलमा लाओसले २-१ को जित निकालेको हो ।

भुटानका चेन्चो ग्याल्सेनले एक गोल फर्काए ।

जितसँगै लाओसले २ खेलमा ३ अंक जोडेको छ । लोआसले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा लाओसलाई नेपालले २-० ले हराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार