व्यवसायी पृथ्वी शाहसहित ६ जना पक्राउ

काठमाडौँ – व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जनालाई सिआइबीले पक्राउ गरेको छ। उनको नाममा विदेशबाट आएको करोडौँ रकम राष्ट्र बैंकले रोक्का राखेको छ। ठगीलगायत मुद्दामा अनुसन्धान गरिने सिआइबीले जनाएको छ ।

अछामका युवा व्यवसायी शाहका नाममा अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका थिए। शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेको आरोप छ।

अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने केसमा तत्कालीन मन्त्री शर्मा पनि विवादमा जोडिएका थिए। त्यसबेला मन्त्री शर्माले अछामका शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर घुस मागेको सूचना पाएको बताएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार