रवि लामछानेको नागरिकतासम्बन्धी विवादमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचारमा लामिछानेले अमेरिकी पासपोर्ट त्यागेर पुरानै नेपाली नागरिकताका आधारमा नयाँ नेपाली पासपोर्ट निकालेकोको विषयमा छानबिन गर्न भनिएको छ ।

गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । निर्वाचनपूर्व उनिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार