चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार नेपाल आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो । सो खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो । उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार