अमेरिकी सहायकमन्त्री ट्रुडो आज नेपाल आउँदै

काठमाण्डौ – अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै छिन्।

चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडोको नेपाल भ्रमण हुन लागेकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अहिले विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना, भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लाग्नु भएका अमेरिकी विदेशी मन्त्रालयले निकालेको विज्ञप्ति उल्लेख छ ।

नेपालमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page