बालोन डि’ओर अवार्ड : मनोनयनमै परेनन् मेस्सी र नेयमार

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फवार्डद्धय लियोनेल मेस्सी र नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् ।

आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा अर्जेन्टिनी र ब्राजिली स्टार नअटाएका हुन् । कीर्तिमानी सात पटकको विजेता मेस्सीसमेत सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल रहे । नेयमार पनि मनोनयना परेका छैनन् ।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान करिम बेन्जेमा मनोनयनमा परेका छन् । उनी उपाधिका लागि मुख्य दाबेदार हुन् । रियलका ६ खेलाडी मनोनयनमा छन्।

अवार्ड घोषणा आगामी अक्टोबर १७ मा पेरिसमा हुने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार