नेपालले पायो १६१ रनको लक्ष्य

दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई वेस्टइन्डिज ए ले १ सय ६१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । फ्लेचर दिपेन्द्र सिंह ऐरिको बलमा लोकेश बमको हातबाट क्याच आउट भए । कप्तान रोष्टन चेस २३ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए ।

ओपनर जोनसन आल्र्स ११ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड आउट भए । अर्का ओपनर एलिस अथानाजे ६ रन बनाउँदा सागर कै बलमा कुशल मल्लको हातबाट क्याच आउट भए । केसी कार्टी १० रन बनाउँदा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए ।

८ रन बनाएका किम पल सोमपाल कामीको बलमा बोल्ड आउट भए । हेडन वाल्स ९ रन बनाउादा रन आउट भए । म्याथु फर्ड ११ र गुणाकेश मोती ३३ रनमा नटआउट रहे ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिकले एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार