तपाईंको खाने बानीले निम्त्याउँछ यस्ता समस्या

व्यस्त जीवनशैलीका कारण मानिसमा अनेक प्रकारका रोगले आक्रमण गर्न थालेको कुरा प्रायः सबैलाई थाहा छ । भागदौडले भरिएको जीवनमा तपाईं आफ्नो स्वास्थ्यलाई नै सबैभन्दा बढि वेवास्ता गरेर बस्नुहुन्छ जसको प्रत्यक्ष असर तपाईंको मुटु र अन्य अंगमा पर्न जान्छ । एक अध्ययनका अनुसार, जो मानिस बिहान खाना नखाने र राति ढिलो गरी खाना खाने गर्छन् उनमा हृदयघातको सम्भावना बढि हुन्छ ।
भोजन सम्बन्धी यी दुई बानीका लागि मानिसमा हृदयघात हुनुका साथै मृत्यु हुने खतरा वा मुटु दुख्ने सम्भावना अत्यधिक हुने गरेको अध्ययनको क्रममा पाइयो । अध्ययनमा सहभागिहरूले मानिसलाई रातिको खाना खाने र सुत्न समयको अन्तराल कम्तिमा पनि दुई घन्टाको राख्न सल्लाह दिएका छन् ।

डाक्टरका अनुसार नेपालीको जीवनशैलीका कारण इन्सुलिन बढ्ने खतरा पछिल्लो समय बोसोयुक्त खानाको सेवनले गर्दा बढ्दै गएको छ । जसको एक प्रमुख कारण हो अहिलेको जीवनशैली ।

व्यस्त जीवनशैलीको अर्थ बिहान खाजा नै नखाई हिड्ने र दिउँसो फास्टफूडको अत्यधिक सेवनले गर्दा मानिसमा इन्सुलिनको मात्रा बढि उत्पन्न हुने गरेको छ । मानिसका लागि यो बुझ्नु महत्वपूर्ण हुन्छ कि नियमित रूपले मध्यम तीव्रता किसिमको व्यायामका साथै सम्पूर्ण शरीरको तौल ५ प्रतिशतको कमीले पनि टाइप २ डायबिटीजको जोखिमलाई ५० प्रतिशत भन्दा बढि कम गर्न सक्छ ।
डाक्टरका अनुसार आहारले एक व्यक्तिको तौलका कारण स्वतन्त्र डायबिटीजको जोखिमलाई प्रभावित गर्छ । टाइप २ डायबिटीजको एक ‘साइलेन्ट किलर’ को रूपमा चिनिन्छ । जबसम्म यसको निदान हुन्छ तबसम्म अन्य सम्बन्धित स्वास्थ्य समस्या उत्पन्न भइसक्छ । जो व्यक्ति मोटो हुन्छ उसले कार्बोहाइड्रेटको सेवन गर्नबाट टाँढा बस्नुपर्छ । किनकी यसले रगतको मात्रा र इन्सुलिन उत्पादनलाई बढाउँछ । इन्सुलिन प्रतिरोध भएका व्यक्तिमा यसको वृद्धिले तौल बढ्न सक्ने सम्भावन बढि हुन्छ । त्यसबाहेक प्रत्येक दिन लगभग ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्नुपर्छ ।

स्वस्थ रहनका लागि अपनाउनुस् यी उपायः

  • प्रत्येक दिन नियमित व्यायाम गर्नुका साथै स्वस्थ र सन्तुलित भोजन सेवन गर्नुपर्छ ।
  • नियमित रुपमा आफ्नो शरीरमा रगतको स्तरलाई जाँच गराउनुपर्छ ।
  • अनावश्यक तनाव लिनबाट जोगिनुका साथै ध्यान र योग जस्ता क्रियाकलापको माध्यमबाट तनाव कम गर्नुपर्छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार