भुर्तेलले लिए वेस्टइन्डिजको चौथो विकेट

नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले चौथो विकेट लिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालको लागि खेलको १३.२ ओभरमा कुशल भुर्तेलले विकेट निकालेका हुन् ।

भुर्तेलको बलमा केसी कार्टी आउट भएका छन् । उनी ९ बलमा १० रन जोड्दै आउट भए । यसअघि ९.६ ओभरमा कुशल भुर्तेलले नै तेस्रो विकेट लिएका थिए । कुशल भुर्तेलको बलमा रोस्टन चेश आउट भएका छन् ।

कुशलको बल भएपछि चेश २२ बलमा २३ रन बनाउँदै बोल्ड आउट भएका हुन् । यसअघि खेलको २.२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट गरेका थिए। उनी ६ बलमा ६ रन जोड्दै आउट भए ।

त्यस्तै २.५ ओभरमा सागर ढकालकै बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् । ताजा अवस्थामा वेष्टइन्डिजले १४ ओभरमा ४ विकेट गुमाएर ८४ रन जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार