टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत बुधबार मृत भेटिएका हुन ।
उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।