कर्णाली नदीमा नुहाउने क्रममा एकजना बेपत्ता

कैलालीस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।

मोहन्याल गाउँपालिका–७ बस्ने वर्ष ५५ को दिलबहादुर शाही नदीमा डुबी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोसम्बन्धी खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, चिसापानीबाट गएको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ । साथै घटनाबारे आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार