पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । प्रहरी संगठनको लगातार ६ वर्ष नेतृत्व सम्हालेका उनको आज बिहान आफ्नै निवासमा निधन भएको हो। उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । ४४ वर्षकै उमेरमा प्रहरी महानिरीक्षक बनेका उनलाई स्नातकोत्तर तह उत्तीर्ण गर्ने पहिलो प्रहरी अधिकृत मानिन्छ।

सुरक्षामात्र होइन नेपालको खेलकुद क्षेत्रमा पनि उनको योगदान छ। उनले नेपालमा जुडो खेल भित्र्याएका हुन्। जापानबाट प्रशिक्षक झिकाएर नेपालमा यो खेललाई जोड्ने भूमिका उनकै थियो हकी खेलमा पनि उनले योगदान दिएका थिए। बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् म्यानमारका लागि पूर्वराजदूत समेत थिए ।

उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार