कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गाविन्दप्रसाद कालौनीले नवनियुक्त मन्त्रीहरु गोपाल शर्मा र सीता नेपालीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री शर्माले सपथ लिएका हुन् । प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ उनीहरुलाई मन्त्री नियुक्त गरेको थियो । उनीहरुले आजै पदभार ग्रहण गरेका छन् ।
सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफैले राखेका छन् ।