राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र शंकर आचार्य नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई  सञ्चालकमा नियुक्त गरेको हो ।

सञ्चालकद्धय रामजी रेग्मी र श्रीराम पौडेलको नियमित कार्यकाल पूरा भएपछि वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो । नियुक्त भएका शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।

लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रह्दा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो । नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार