चालू आवको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३।८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा उक्त आर्थिक वृद्धिदर ३।८७ प्रतिशत र आधारभूत मूल्यमा ३।५४ प्रतिशत रहनेछ ।

सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेटको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

उपभोक्ता मूल्यमा ३।८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३।५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ । कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक मार्फत उक्त तथ्यांक ल्याएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार