मंगलबार बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार बागलुङ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको पीसीआर परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १७ जनासहित थप ३२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

आज थपिएका संक्रमितहरु बानपाका १७ बाहेक बडिगाड गाउँपालिकाका १२ जना, तमानखोला गाउँपालिकाका १ जना र काठेखोला गाउँपालिकाका २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार ६१५ पुगेको छ । नयाँ संक्रमितहरु सबैलाई आइसोलेशन लैजाने तयारी भइरहेको प्रवक्ता डा. शर्माले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page