महाराजगन्जबाट २० जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका चिनियाँलाई कानुनी कारवाही गर्न अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार