एमालेले महानगरपालिका र उपमहानगरबाट लड्ने उम्मेदवार वैशाख १० गते छान्ने

नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार वैशाख १० गते बस्ने बैठकबाट छनोट गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भए पनि निर्णयका लागि अर्को बैठक वैशाख १० गते बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार