गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङका जनताको दवावका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न नसकेको बताएका छन् ।
आज गण्डकी प्रदेशको विशेष अधिवेशनेको तेश्रो बैठकमा अनुपस्थित रहेका सांसद मनाङेले सञ्चारकर्मीको सम्पर्कमा आएर आफू मनाङकै मतदाताले जिताएको व्यक्ति भएकाले उनीहरुको भावना भन्दा विपरित जान नसक्ने बताए ।
दिपक मनाङे नामले परिचित सांसद राजीव संसदमा अनुपस्थित रहेपछि खोजी भैरहेको छ । उनी दुवै मोवाइलको स्वीच अफ गरेर बसेका छन् ।