पशुपतिमा भत्किएको पुल तीन सय वर्ष पुरानो

काठमाडौं । महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिर परिसमार रहेको आर्यघाट छेउको पुल भत्किएको छ ।पुलको पर्खाल भत्किँदा दुई जना घाइते भए। पर्खाल भत्किँदा उनीहरु नदीमा खसेका थिए। तत्कालै काठमाडौं मेडिकल कलेज पुर्‍याइएको उनीहरुको अवस्था सामान्य रहेको पशुपति विकास कोषले जनाएको छ।
मंगलबार भत्किएको उक्त पुल ३ सय बर्ष पुरानो भएको बताएको छ ।पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले उक्त पुल तीन सय वर्ष पुरानो रहेको बताए। तर पुलको अवस्था अझै बलियो भएको उनले दाबी गरे।

अत्यधिक भीडभाडले भत्किएको हाम्रो प्रारम्भिक अनुमान छ। महाशिव रात्रीको अबसरमा मंगलबार १० लाख भन्दा धेरै भक्तजनहरु दर्शनका लागि पशुपति मन्दिर पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page