नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनैतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैैधानिकता गुमाई सकेको बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उनले संविधान मिच्ने अनि सरकारमा बसिरहने सरकारसँग नैतिकता नै नरहेको बताएका हुन् ।
नेता सिंहले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको समेत बताएका छन् । उनले सरकारले विकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिएको पनि आरोप लगाएका छन् ।
नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका छन् ।