सरकारले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि फेरि कडाइका साथ लागू गर्ने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले यसअघिको कार्यविधि लागू गर्ने निर्णय गरेकोे हो ।
कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई बैठकले सिफारिस गरेको छ ।
कार्यविधिमा जोखिम मूल्याङकन र लकडाउनको तह निर्धारणको ढाँचा, समुदायमा कोभिड–१९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरु, लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र तथा क्रियाकलापहरु निर्धारण गरिएका छन् ।
कार्यविधिमा कोभिड संक्रमणको अवस्था निर्धारण गर्दा एक सातामा नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमणको दर, अस्पतालहरुको व्यवस्थापन क्षमताको सूचकको रुपमा शय्या भरिएको संख्या र मृत्युदरलाई आधार बनाइएको छ । यस्तै लकडाउनलाई हार्ड, मिक्स, सफ्ट र मिनिमल गरी चार चरणको बनाइएको छ ।