नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले भाडा समायोजन गरेको छ । संघले आइतबार जारी गरेको नयाँ भाडादरअनुसार सबैभन्दा बढी २२० र सबैभन्दा कम ३५ रुपैयाँसम्म बढाएको छ ।
बढेको भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं धनगढीका लागि २२० रुपैयाँ बढेको छ । यसअघि ४ हजार २४० रुपैयाँ रहेको धनगढीको भाडा अब ४ हजार ४६० रुपैयाँ तोकिएको छ । यस्तै काठमाडौं सुर्खेतको भाडा १७५ रुपैयाँले वृद्धि भएको छ ।
नयाँ भाडादरअनुसार अब ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । यस्तै सबैभन्दा कम धनगढी डोटीको भाडादर ३५ रुपैयाँले बढेको छ ।
कुन गन्तव्यको मूल्य कति बढ्यो ?