लघुवित्तमा लगानीकर्ताको आकर्षण,४ अर्बमाथिको कारोबार 

साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ । नेप्से ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा झरेको हो ।

योसँगै बजारमा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजारको कारोबार भएको छ । ९४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो ।

कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने ५ को स्थिर रहेको छ । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेनस, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, साइन रेसुङ्गा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

आज समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताले आज ८.२१ प्रतिशतसम्म गुमाएका छन् ।

आज पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८।२१ प्रतिशतले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार