चार दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुचारु

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुनः नियमित उडान भएको छ । २५ अप्रिलदेखि अवरुद्ध भएको उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको हो ।

बुद्ध एयरले काठमाडौँ पोखरा रुटमा दैनिक उडान गर्दै आएको छ । साथै पोखराबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरको पनि सिधा उडान हुँदै आएको छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकुल भिजिविलिटी भएपछि बुद्धले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् । २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरि २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् ।

मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि नियमित उडान भएको उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार