प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । साथै, सत्ता समीकरणबारे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालमा देखिएको असन्तुष्टिका बारेमा पनि दुई नेताहरुले छलफल गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पछिल्लो समय सरकारविरुद्ध निरन्तर असन्तुष्टि प्रकट गर्दै आएका छन् । साथै, प्रदेश सरकारको बारेमा पनि दुई नेताहरुले छलफल गरेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार