कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट घान्द्रुक अन्नपूर्ण गाउँपालिका–११ जान सोमबार दिउँसो छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् ।
अन्नपूर्ण–१० स्थित कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन् । जीपमा सवार यात्रु रिजर्भ गरेर घान्द्रुक घुम्न गएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।