मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
बाढीले गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । एक्ले फाँटतर्फको जिप भासिएर पुलको केही भाग नदीमा डुबेको छ ।
पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वी राजमार्गसम्म पुग्न सकेका छैनन् । पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएका छन्। यसले आसपासका बस्ती जोखिममा पारेको छ।