रुकुम पश्चिमका जीप दुर्घटना , ४ जनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।

बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार