भारतमा प्रहरीले गरे स्वास्थ्यमन्त्रीको हत्या

भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् ।

सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । घाइते उनको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली हान्ने प्रहरी पक्राउ परेका छन् ।

उनीमाथि सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल (बीजेडी) मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार