कैलाली –१ रञ्जिता श्रेष्ठको जित सुनिश्चित

कैलाली – कैलाली –१ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । पछिल्लाे मतपरिणाम रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर राजलले ५ हजार २३९ मत ल्याएका छन् । अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् ।

एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली-३ मा जितिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार