बझाङमा निरन्तर अग्रता लिईरहेका एमालेका भण्डारी पछि परे, ५५ अंकको मतान्तर

प्रदेश सभा सदस्यका लागि बझाङ प्रदेश १ मा भएको उपचुनावको मतगणना रोचक हुँदै गएको छ।

सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेलाई नेपाली कांग्रेसले पछि पारेको छ। जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अविशेक सिंहले नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीलाई पछि पारेका हुन्।

निर्वाचन आयोगका अनुसार, सिंहले ५५ मतले अग्रता लिएका हुन्।

आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म छविसपाथिभेरार थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ र ७ सम्मको मतपरिणाम आइसकेको छ।

त्यस्तै, सुर्मा गाउँपालिकाको वडा नम्बर १ को मतगणना पनि सकिएको छ।

जस अनुसार कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ६७ भण्डारीले ६ हजार १२ मत प्राप्त गरेका छन्।

माओवादीका जनक बुढाले दुई हजार ७३३ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १९५८ मत प्राप्त गरेका छन्।

कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार